close

अमरगढीमा बन्यो सुन्तला र जुनार प्रशोधन उद्योग

अमरगढीमा बन्यो सुन्तला र जुनार प्रशोधन उद्योग

Trulli
ADVERTISEMENT

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिकाको वडा– ३ आइतमा पहिलो पटक सुन्तला र जुनार प्रशोधन उद्योग स्थापना गरिएको छ ।


सुदूरपश्चिम प्रदेश सरकारको ५० लाख र व्यक्तिगत ५० लाख गरी १ करोड रुपैयाँको लागतमा प्रशोधन उद्योग स्थापना गरिएको हो । प्रशोधन उद्योगमा सुन्तला, जुनारको जुस उत्पादन गरिने कृषि ज्ञानकेन्द्र डडेल्धुराका सूचना अधिकारी भक्तबहादुर पानले बताए ।


‘यो प्रशोधन केन्द्र गत आर्थिक वर्षमै सञ्चालनमा आउनुपर्ने भए पनि कोरोनाका केही समय ढिलो भएको हो । अबको एक महिनाभित्रै सञ्चालनमा ल्याइनेछ’, पानले भने ।


प्रशोधन केन्द्र सञ्चालनमा आएपछि डडेल्धुरासहित सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका जुनार, सुन्तला उत्पादक किसानलाई सहज हुनेछ । जुनार सुन्तला उत्पादनका लागि पकेट क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिकाका किसानले प्रशोधन केन्द्र अभावले सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था थियो ।