close

किवी र खुर्सानी पकेट खेतीलाई छथर जोरपाटीको १४ लाख अनुदान

किवी र खुर्सानी पकेट खेतीलाई छथर जोरपाटीको १४ लाख अनुदान

Trulli
ADVERTISEMENT

धनकुटा– धनकुटाको छथर जोरपाटी गाउँपालिकाले किवी र खुर्सानी पकेट क्षेत्र लक्षित किसानलाई १३ लाख ८४ हजार रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरेको छ ।

 


पालिकाले ५० प्रतिशत अनुदानमा किवी पकेट क्षेत्रलाई लक्षित गरेर ७ लाख ४६ हजार र खुर्सानी पकेट क्षेत्रका लागि ६ लाख ३८ हजार रुपैयाँ बराबरको कृषि सामग्री दिएको हो ।

 

पालिकाको कृषि शाखाले किवी खेतीका लागि वडा नम्बर ६ को पहाडी किवी, तरकारी उत्पादक समूह र खुर्सानी खेतीका लागि वडा नम्बर २ को सल्लेरी कृषि समूहलाई सामग्री हस्तान्तरण गरेको छ ।

 

कृषि शाखाका अधिकृत मिलन कार्कीका अनुसार किवी खेतीका लागि ४ लाख ९५ हजार बराबरको १ हजार ६ सय ५० वटा ग्राफ्टिङ गरिएका बिरुवा पहाडी समूहलाई हस्तान्तरण गरिएको छ ।

 

त्यस्तै, ७० हजार बराबरको २ वटा किवी रोप्न खाडल खन्ने मेसिन, २६ हजार बराबरको २ वटा डिजिटल काँटा (तराजु), २१ हजार बराबरको २१ वटा सि–केचर दिइएको छ । १ लाख १० हजार बरावरको सिँचाइ पाइप र २४ हजार बराबरको २१ वटा स्प्रिङ कल पहाडी समूहलाई वितरण गरिएको छ ।

 

खुर्सानी खेतीका लागि १ लाख ६० हजार बरावरको २ केजी खर्सानीको बिउ, १ लाख बराबरको विषादी र भिटामिन सल्लेरी समहूलाई दिइएको छ । १२ हजार बराबरको एउटा डिजिटल काँटा, १ लाख ८० हजार बराबरको २ वटा मिनीटिलर, ३८ हजार बराबरको ३८ थान कोदालो वितरण गरिएको छ ।

 

त्यस्तै, २ लाख बराबरको सिँचाइ पाइप, ६६ हजार बराबरको ११ थान हिल ट्यांक, ६० हजार बराबरको ११ थान प्लास्टिक टनेल दिइएको छ । १२ हजार रुपैयाँ बराबरको स्प्रिङ कल ३० वटा र १० हजार बराबरको १० वटा पानी लगाउने हजारी दिइएको छ ।

 

सबै सामग्री पहाडी समूहका अध्यक्ष दीपक गुरुङ र सल्लेरी समूहका चक्रबहादुर थापालगायत किसानको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको कृषि शाखाले जानकारी दिएको छ ।