close

लुम्बिनी प्रदेशमा करिब ३३ प्रतिशतमात्र धान रोपाइँ

लुम्बिनी प्रदेशमा करिब ३३ प्रतिशतमात्र धान रोपाइँ

Trulli
ADVERTISEMENT

रुपन्देही । लुम्बिनी प्रदेशमा गत वर्षभन्दा कम धान रोपाइँ भएको छ । प्रदेशमा अहिले सम्म ३२.७१ प्रतिशतमात्र धान रोपाइँ गरिएको छ । गतवर्ष यही अवधिमा करिब ४६ प्रतिशत रोपाइँ भएको थियो । 

कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार प्रदेशमा धान रोपाइँ हुने ३ लाख २० हजार २७५.४२ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म एक लाख ४ हजार ७५०.८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । गतवर्ष लुम्बिनी प्रदेशमा यो अवधिमा करिब ४६ प्रतिशतधान रोपाइँ सकिएको थियो ।

अहिलेसम्म सबैभन्दा धेरै नवलपरासीमा८० प्रतिशत र सबै भन्दा कम बाँकेमा १३ प्रतिशत धान रोपाइँ भएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका बालिका विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमले बताए । 

नवलपरासीमाधान रोपाइँ हुने २१ हजार १७५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ९४० हेक्टरमाधान रोपाइँ सकिएको छ भने बाँकेमा रोपाइँ हुने ३६ हजार ५०० हेक्टर मध्ये ४ हजार ७४५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान खेती हुने कपिलबस्तुमा १७ प्रतिशत धान रोपाइँ हुँदा प्रदेशको दोस्रो धेरै धान खेती हुने जिल्ला रुपन्देहीमा ४१ प्रतिशत रोपाइँ सकिएको छ । कपिलबस्तुमा धान खेती हुने कुल७१ हजार २०० हेक्टरमध्ये अहिलेसम्म १२ हजार १०४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत गौतमले बताए ।

यस्तै, तराई जिल्लाका धान उत्पादनहुने मुख्य जिल्ला दाङमा ३१.५० प्रतिशत र बर्दियामा ३४.७८ प्रतिशत रोपाइँ सकिएको छ । दाङ जिल्लामाकुलधान रोपाइँ हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफल मध्ये १२ हजार ४११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफल मध्ये १७हजार ४७६.६८ हेक्टरमा रोपाइँ सकिएको छ। 

अर्घाखाँचीमा अहिलेसम्म २४ प्रतिशतधान रोपाइँ भएको छ । जिल्लामा धान खेती हुने कुल ८ हजार ५० हेक्टर मध्ये १ हजार ९३२ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्नभईसकेको मन्त्रालयका बाली विकास अधिकृत गौतमले जानकारी दिए ।

यता प्यूठान ६० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लाको कुल धान रोपाइँ हुने ६ हजार ५८० हेक्टर मध्ये ३ हजार ९४८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

सिँचाइको अभाव र आकाशको पानीमानिर्भर हुँदा गतवर्ष भन्दा केही कम धान रोपाइँ भएको मन्त्रालयका बाली विकास अधिकृत गौतमले बताए । 

‘सिँचाइको क्षेत्र बढाउन सकिएको नसक्दा र आकाशे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ, यो वर्ष पानी पर्न केही ढिला भयो, यसको असर रोपाइँमा पर्‍यो,’–उनले भने।