close

मकैको विउ र रासायनिक मल माग गर्न अनुरोध

मकैको विउ र रासायनिक मल माग गर्न अनुरोध

Trulli
ADVERTISEMENT

रोल्पा । मादी गाउँपालिकाले मकैको विउ र रासायनिक मल माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो ।

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप वीउ र मल माग गर्न अनुरोध गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अनुसार सूचना प्रकासित भएको १५ दिनभित्र विवरण सहित माग गर्न सक्ने जनाइएको छ । 

गाउँपालिकाभित्रका कृषक, कृषि सहकारी  र कृषि समूहले आवेदन दिन सक्ने जनाइएको छ । मकैको विउ ७५ प्रतिशत अनुदानमा र रासायनिक मल सरकारी दररेटको आधारमा वितरण गर्ने सो सूचनामा उल्लेख गरिएको छ ।