close

कृषिसम्बन्धी कार्यक्रममा सञ्चालन गर्दै पनौती

कृषिसम्बन्धी कार्यक्रममा सञ्चालन गर्दै पनौती

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक। पनौती नगरपालिकाले कृषिसम्बन्धी कार्यक्रममा सञ्चालन गर्ने भएको  छ। नगरपालिकाले ‘कृषि उपजको प्रवर्द्धन कार्यक्रम, कृषि तथा पशुजन्य पदार्थको उत्पादन, संकलन प्रशोधन र बजारीकरण  परियोजना कार्यक्रम’ सञ्चालन गर्न लागेको हो । 

शुक्रबार एक सुचना जारी गर्दै नगरपालिकाले वडा नं २ मा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। कार्यक्रममा ५० प्रतिशत नगरपालिकाले अनुदान दिने जनाइएको छ । 

कार्यक्रममा सहभागि हुन इच्छुक कृषक/ कृषक सहकारी/ कृषि फर्म/ जल/वन उपभोक्ता समितिलाई सुचना प्रकासित भएको २१ दिन भित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न नगरपालिकाले अनुरोध गरेको छ  ।