close

भक्तपुरमा चार दिने प्राङ्गारिक खेती तालिम सुरु

भक्तपुरमा चार दिने प्राङ्गारिक खेती तालिम सुरु

Trulli
ADVERTISEMENT

भक्तपुर। भक्तपुरमा चार दिने प्राङ्गारिक कृषि खेती तालिम सुरु भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा वडा नं. ८ मा शुक्रबार तालिमको उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाको कृषि समितिमार्फत किसान लक्षित विभिन्न गतिविधिहरु अगाडि बढिरहेको बताए। उनले प्राङ्गारिक कृषि खेती तालिम सञ्चालनबाट विषादीरहित तरकारी उत्पादन, प्रांगारिक मलको उत्पादन तथा प्रयोग र व्यवसायिक उत्पादनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।

भक्तपुर नगरपालिकाले यसअघि कौसी खेती तालिम सञ्चालन गर्दै आएको छ। उनले कृषि प्रधान देशलाई वैज्ञानिक खेतीको आवश्यकता रहेको बताए।  कृषि उत्पादन बढेसँग देश आत्मनिर्भर हुँदै जाने र विदेशबाट कृषिजन्य वस्तुको आयात घट्दै जाने हुँदा स्थानीयहरुलाई कम जग्गामा धेरै उत्पादन हुने विधि सिकाउन यस तालिमको आयोजना भएको उनले बताए।