close

३५ सय मिटरभन्दा माथि स्याउ उत्पादनका लागि पालिकाले प्राविधिक अध्ययन गर्ने

३५ सय मिटरभन्दा माथि स्याउ उत्पादनका लागि पालिकाले प्राविधिक अध्ययन गर्ने

Trulli
ADVERTISEMENT

मनाङ - नार्पाभूमी गाउँपालिकाले स्याउ उत्पादनको लागि परीक्षण गर्ने भएको छ । गाउँपालिकामा उच्च स्थानमा रहेकोले स्याउ नलगाउने भएकाले परीक्षण गर्न लागेको हो । 

गाउँपालिकाका कृषि शाखा अधिकृत महेश पाख्रिनका अनुसार ३५०० मिटर उच्च स्थानमा स्याउ उत्पादन नहुने भन्दै स्थानीयले लगाउने गरेको छैन । पालिकामा स्याउ उत्पादन गराउनका लागि परीक्षण गर्न लागेको उनले पालिकाखबरलाई बताए । 

उनले गतवर्ष पनि गाउँपालिकाले स्याउको विरुवा लगाएको र सो सर्न थालेको बताए । गाउँपालिकाका कर्मचारी र स्थानीय कृषकलाई आवश्यक बीउ, मल र सिँचाइको व्यवस्थान गरी परीक्षण गरिएको उनले बताए । सो प्रभावकारी भएमा स्थानीय कृषकलाई पनि स्याउ उत्पादनमा प्रोत्साहन गरिने उनले सुनाए । 

गाउँपालिकाले फापर तथा तोरीको परीक्षण पनि सुरु गरिने बताए । उनका अनुसार गाउँपालिकामा तरकारी, मकै, बन्दालगायत अन्य बाली पनि उत्पादन हुने गर्दछ ।