close

पालिकामा कृषि कर्मचारी नहुँदा कृषक मारमा

पालिकामा कृषि कर्मचारी नहुँदा कृषक मारमा

Trulli
ADVERTISEMENT

रौतहट - परोहा नगरपालिकाभरीकाे कृषि कार्यक्रमलाई एक जना मात्रै कर्मचारीले मात्रै सम्हाल्दै आएका छन् । नगरपालिकाकाे कृषि शाखाका लागि आवश्यक कर्मचारीको व्यवस्थापन नभएपछि एक जना कर्मचारीले मात्रै कायक्रम सम्हाल्नु परेको हो । 

नगरपालिकामा गत चैतदेखि शाखाको लागि कृषि स्नातकमा मुकेशप्रकाश साहले सम्हाल्दै आएका छन् । उनी आउनुभन्दा पहिले कृषि तथा पशु शाखालाई एक जना भेटेनरीले मात्रै सम्हाल्दै आएको शाखाका कृषि स्नातक साहले बताए । 

शाखाको लागि आफू मात्रै रहेकोले फिल्डमा तथा कार्यालयमा बस्न समस्या हुने गरेको उनले पालिकाखबरलाई बताए । एक जना मात्रै कर्मचारी भएकाले कृषकको फोन आएमा मात्रै फिल्डमा जाने गरेको उनले सुनाए । उनका अनुसार नगरपालिकाभित्र ९ वटा वडा रहेका छन् । ती सबै वडाभित्र कृषकको समस्यालाई उनी आफैँले सम्हाल्नु परेको उनले बताए । 

'अहिले त कामको चाप धेरै छैन । त्यसैले खासै समस्या छैन,' उनले भने, 'तर चालू आर्थिक वर्षको कार्यक्रम सुरु भएसँगै शाखा सम्हाल्न गाह्रो हुन्छ ।’ आफू शाखामा आएसँगै स्थानीय बासिन्दाको गुनासो पनि बढेको उनको अनुभव छ । 

शाखामा कर्मचारी अभाव भएकाले आफू आएदेखि नै पालिकासँग माग गर्दै आएको उनले सुनाए । तर पालिकाले आफ्नो मागलाई बेवास्ता गरेको उनको गुनासो छ । जनप्रतिनिधिले कर्मचारी व्यवस्थापन गर्ने आवश्वासन दिँदै आएको उनको भनाइ छ ।