close

कृषिजन्य उपजको बजारीकरणमा शून्य बजेट

कृषिजन्य उपजको बजारीकरणमा शून्य बजेट

Trulli
ADVERTISEMENT

सुर्खेत- लेकबेँसी नगरपालिकाले चालु आर्थिक वर्षमा किसानका लागि परम्परागत खेती गर्नेलाई आधुनिकतातिर आकर्षित गर्नका लागि प्रविधिको प्रयोग र कृषि सामग्री खरिदलाई प्राथमिकता दिएको छ । 

गाउँपालिकाले अन्नबाली तथा नगदेबालीमा अनुदानका कार्यक्रम पनि राखेको छ । पालिकासँग सहकार्य कृषि क्षेत्र विकास कार्यक्रमले पनि किसानहरूलाई सहयोग गरिरहेको नगरपालिकाका नगरप्रमुख उमेश कुमार पौडेलले पालिकाखबरलाई बताए । 

नगरपालिकाका अनुसार अर्ग्यानिक कृषि उत्पादनका लागि पनि काम गरिरहेको छ । साथै नगरपालिकाले वडा नम्बर ५ लाई टिमुर पकेट क्षेत्रको रूपमा काम गरी यहाँ उत्पादित टिमुर देश विदेशसम्म पुगेको नगरप्रमुख पौडेल बताउँछन् । 

तर चालु आर्थिक वर्षमा बजारीकरणमा भने नगरपालिका चुकेको देखिन्छ ।  नगरपालिकाले बजारीकरणमा भन्दा उत्पादनमा जोड दिएको जनाएको हो । नगरप्रमुख पौडेलका अनुसार उत्पादन भएमा बजारका लागि समस्या नभएको हुँदा उत्पादनमा बढी जोड दिइएको हो ।