close

न्यायिक समितिमा दर्ता भएका उजुरीमध्यै सबैभन्दा धेरै कुलो विवाद

न्यायिक समितिमा दर्ता भएका उजुरीमध्यै सबैभन्दा धेरै कुलो विवाद

Trulli
ADVERTISEMENT

महोत्तरी- लोहरपट्टी नगरपालिकाको न्यायिक समितिमा कुलोको विवाद धेरै आउने गरेको छ । नगरपालिकामा कुलो तथा नालाबाट सिँचाइका लागि पानी लगाउने भएकाले सो विषयमा धेरै विवाद आउने गरेको हो । 

नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक सरिता शर्माका अनुसार कुलोको पानी थुनेको तथा बाली भित्र्याउने समयमा पानी लगाइदिने समस्याबारे विवाद दर्ता हुने गरेको उनले बताइन् । मधेशमा कृषिको लागि सिँचाइको समस्या हुने भएकाले सो विषयमा विवाद धेरै आउने गरेकाे उनले बताइन् । 

दर्ता भएको विवादलाई मेलमिलापकर्ताको माध्यमबाट छिनोफानो गरिने उनले सुनाइन् । सोबाट सम्भव नभएमा समितिबाट आवश्यक प्रकृयाबाट विवादको टुंगो लगाउँदै आएको उनले पालिकाखबरलाई बताइन् । 

सो विषयबाहेक घरेलु हिंसा, महिला हिंसा, जग्गाको साँध सिमानालगायतको विवाद आउने उनले बताइन् ।