close

पशु पालककाे व्यथा : दूध उत्पादन छ तर बजारीकरणका लागि छैन सडक

पशु पालककाे व्यथा : दूध उत्पादन छ तर बजारीकरणका लागि छैन सडक

Trulli
ADVERTISEMENT

भोजपुर– षडानन्द नगरपालिकामा दूध उत्पादक कृषक व्यवसायिक बन्न सकेका छैनन् । नगरपालिकामा यातायातको राम्रो व्यवस्था हुन नसकेपछि दूध उत्पादक कृषक व्यावसायिक बन्न नसकेकाे हाे । 

पालिकाभित्र पशु पालक कृषक धेरै भएता पनि दूध बेचविखन गर्न सकेका छैनन् । यातायातकाे अभाव भएपछि स्थानीयले गाईभैँसीको दूधलाई  घिउ बनाउन तथा घरमै खानको लागि प्रयोग गर्दै आएको नगरपालिकाका पशु शाखाका प्रमुख तुलबहादुर राईले बताए । उनको अनुसार पालिकामा डेरी छैनन् ।

उनले भने, 'दुध बिक्री गर्ने हो भने पालिकाबाट ५ देखि ६ घण्टा मोटरमा यात्रा गरेर विराटगर लैजानुपर्छ ।' तर, अरुण नदीमा मोटरेवल पुल नभएकाले पु¥याउन नसकिएको उनले बताए ।

‘दूध सङ्कलन गरेर दूध विकास केन्द्रमा पुर्याउन पनि बाह्रै महिना ट्याङ्कर चल्नुपर्ने रहेछ । हिउँदको महिनापनि अरुण नदीमा गाडी तर्न गाह्रो पर्छ,’ पालिकामा बाह्रैमास मोटर नचलेसम्म दूधलाई व्यावसायिक बनाउन नसकिने उनले बताए । पालिकामा कात्तिके पुल बन्न थालेको र सो पुल बनेमा बाटो केही लामो परे पनि केही सहज हुने उनले सुनाए ।