close

कृषकहरूको तथ्यांक संकलन गर्दै सिम्रौनगढ नपा

कृषकहरूको तथ्यांक संकलन गर्दै सिम्रौनगढ नपा

Trulli
ADVERTISEMENT

बारा- सिम्रौनगढ नगरपालिकाले कृषकहरूको तथ्यांक संकलन गर्ने भएको छ । स्थानीय कृषकको समस्या र समाधानको उपाय खोज्नका लागि नगरपालिकाले तथ्यांक संकलन गर्न लागेको हो । 

तथ्यांक संकलनको लागि नगरपालिकाको टोली घरघरमा जाने पालिकाको कृषि शाखा प्रमुख अन्सारुल अन्सारीले बताए । तथ्यांक संकलनका लागि नगरपालिकाले प्रश्नावली तयार पार्ने उनले पालिकाखबरलाई बताए । 

नगरपालिकाभित्रका स्थानीय कृषकहरुमा मल र बीउको समस्या रहेको उनले सुनाए । बीउ र मलको आवश्यकताबारे जानकारी लिन र कृषकको रेकर्ड तयार पार्नको लागि तथ्यांक संकलन गर्न लागेको उनले बताए । तथ्यांक संकलनको लागि नगर कार्यपालिकाबाट पारित भई आवश्यक कर्मचारी छनौट गरिने उनले बताए । तथ्यांक संकलनमार्फत पशु पालन, माछा पालन, कृषि तथा आवश्यक जानकारी लिने उनले सुनाए ।