close

एउटै पालिकाबाट १०० मेट्रिकटन गहुँ बिक्री

एउटै पालिकाबाट १०० मेट्रिकटन गहुँ बिक्री

Trulli
ADVERTISEMENT

सर्लाही - गाेडैटा नगरपालिकामा बार्षिक १०० मेट्रिकटन गहुँ बिक्री गर्दै आएको छ । नगरपालिका कृषकले उत्पादन गरेको गहुँ सहकारी तथा समूहमार्फत बिक्री गर्दै आएको हो । 

नगरपालिकाको कृषि शाखाका कृषि अधिकृत महेन्द्रप्रसाद कुशवाहाका अनुसार गहुँका लागि  गाेडैटा 'पकेट क्षेत्र' हो । नगरपालिकाका अधिकांश स्थानीय बासिन्दाले बार्षिक रुपमा चार हजार हेक्टरमा गहुँ खेती गर्दै आएको उनले पालिकाखबरलाई बताए । नगरपालिकामा गहुँ उत्पादनको सम्भावना राम्रो भए पनि बजारीकरणका लागि नगरपालिकाले सहयोग नगरेको उनले जानकारी दिए । 

गहुँको उत्पादन वृद्धि गर्नका लागि  नगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्दै आएको उनले सुनाए । चालु आर्थिक वर्ष २०८०/०८१ मा गहुँको बीउ वितरणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । 

नगरपालिकाले गहुँको बीउका लागि टेण्डर आव्हान गरी वडाको सिफारिसमा ५० प्रतिशत अनुदानमा वितरण गरिने उनले सुनाए । नगरपालिकामा हेटौँडा तथा विभिन्न उत्पादन कम्पनीबाट उन्नत जातको बीउ ल्याइने उनको भनाइ छ ।