close

किवी खेती प्रवर्द्धन गर्दै पाथीभरा याङवरक

किवी खेती प्रवर्द्धन गर्दै पाथीभरा याङवरक

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– पाथीभरा याङवरक गाउँपालिकाले किवी खेती प्रवर्द्धन गर्ने भएको छ । गाउँपालिकाले वडा नं ३ मा किवी खेतीको प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गत वर्ष किवी खेती प्रवर्द्धनको लागि गाउँपालिकाले सपोर्ट सिस्टम र बीउ उपलब्ध गराएको गाउँपालिकाका कृषि शाखाका प्रमुख निकेश भट्टराईले बताए । उनको अनुसार यस आर्थिक वर्षमा पनि गाउँपालिकाले सपोर्ट सिस्टम उपलब्ध गराउने भएको छ ।

यसबाहेक गाउँपालिकाले वडा नं ५ र ६ मा कपास खेतीलाई प्रोत्साहन गर्ने भएको छ । गाउँपालिकामा कफी खेती गर्ने कार्यक्रम पनि रहेको उनले पालिकाखबरसँग बताए । उनले भने, ‘गाउँपालिकाले कपास र कफी जस्ता नगदे बाली र फलफूल उत्पादन गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।’ 

गाउँपालिकामा उत्पादन भएको सामाग्रीको लागि संकलन केन्द्र स्थापना भएर दुई वर्षदेखि सञ्चालनमा आएको उनले बताए । ‘यहाँ गोलभेँडा धेरै उत्पादन हुन्छ । सुनतला पनि व्यापारिहरु आएर बोटमै किन्छन्, पालिकामा उत्पादन भएको कृषि सामाग्रीलाई बजारसम्म लैजान कुनै समस्या नभएको उनले सुनाए । 

चालु आर्थिक वर्षमा कृषकको माग अनुसारको कृषिमा अनुदान कार्यक्रम सञ्चालन गर्नको लागिसमेत बजेट विनियोजन गाउँपालिकाले गरेको छ । बालीमा लाग्ने रोग, किराको नियन्त्रण, रासायनिक विषादी वितरण गर्ने तथा खेतीमा लागेको प्रकोपको समाधान गाउँपालिकाले शाखा प्रमुख भट्टराईले बताए  । पछिल्लो समयमा सुन्तलाको फुल झर्ने समस्या बढेकोले त्यसको समाधान पनि गाउँपालिकाले गरिरहेको उनले बताए । 

चालु आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले करिब ६२ लाख रुपैयाँ कृषिको लागि विनियोजन गरेको उनले जानकारी दिए।