close

लम्कीचुहा नगरपालिकामा ३० टन क्षमताको शीतभण्डार

लम्कीचुहा नगरपालिकामा ३० टन क्षमताको शीतभण्डार

Trulli
ADVERTISEMENT

कैलाली– लम्कीचुहा नगरपालिकामा शीतभण्डार निर्माण भएको छ । लम्कीचुहा नगरपालिका–४ कौवापुरमा सुदूरपश्चिम प्रदेश सरकार शितभण्डार निर्माण गरेको हो। 

सुदूरपश्चिम प्रदेश सरकारको कृषि विकास निर्देशनालयले नगरपालिकालाई ३० टन क्षमताको शीतभण्डार निर्माण गरी हस्तान्तरण गरेको  पालिकाकी उपप्रमुख जुना चौधरीले बताइन् । बुधबार प्रदेश सरकारले रु ५५ लाख बराबरको लागतमा  निर्माण गरि नगरपालिकालाई हस्तान्तरण गरेको उनले जानकारी दिइन् । उनले पालिकाखबरलाई भनिन्, ‘भर्खरै नगरपालिकालाई प्रदेश सरकारले शीतभण्डार हस्तान्तरण गएको छ । अब छिट्टै कार्यविधि बनाएर यसको सञ्चालन सुरु गछौँ ।’ 

बजार व्यवस्थापनको लागि नगरपालिकाले विषेश कार्यक्रम सञ्चालन नगरेको उनले बताइन् । उनको अनुसार नगरपालिकामा हाट बजारमा समेत कृषि उत्पादनको बिक्री हुने गरेका छन् । तीन स्थानमा हाटबजार लाग्ने गरेको उनले जानकारी दिइन् । ‘हाटबजारमा यहाँ उत्पादन भएको तरकारी, फलफूल किनबेच हुन्छ,’ उनले सुनाइन् ।