close

पकेट विकास कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाको प्राथमिकता

पकेट विकास कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाको प्राथमिकता

Trulli
ADVERTISEMENT

मोरङ– मिक्लाजुङ गाउँपालिकाले कृषि उत्पादनमा जोड दिएको छ । गाउँपालिकाले पालिकामा विभिन्न पकेट विकासको कार्यक्रम सञ्चालन गरेर उत्पादनमा जोड दिएको हो । 

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा तरकारी पकेट, च्याउ पकेट, धान पकेट कार्यक्रम सञ्चालन गर्न लागेको पालिकाकी कृषि शाखा प्रमुख मिना शेर्माले बताइन् । सो कार्यक्रम संघबाट हुन लागेको उनले बताइन् । 

यसका साथै गाउँपालिकाले पनि पकेट विकास कार्यक्रम सञ्चालन गर्ने बताइन् । केरा पकेट, तरकारी पकेटको कार्यक्रम सञ्चालन गर्ने उनले बताइन् । ‘वडा नं ४ र ५ मा केरा राम्रो उत्पादन हुन्छ । वडा नं ८ मा तरकारी राम्रो फल्छ । तर, कुन–कुन क्षेत्रमा पकेट विकास कार्यक्रम सञ्चालन गर्ने भन्ने निणर्य भइसकेको छैन । कार्यपालिकाको निणर्यअनुसार कार्यक्रम सञ्चालन गरिन्छ,’ उनले भनिन् । 

यसबाहेक गाउँपालिकाले माटो संरक्षणको लागि माटो परिक्षण गरेर चुन वितरण गर्ने कार्यक्रम सञ्चालन गर्ने उनले बताइन् । आवश्यकताअनुसार कृषकलाई वडास्तरिय तालिम प्रदान गरिने उनले बताइन् । 

गाउँपालिकाले कृषकहरुलाई सचेत र सक्रिय बनाउन कृषक समुह गठनको काम पनि चालु आर्थिक वर्षमा गर्ने भएको छ । ‘कृषकहरुलाई तालिम, अनुदान मात्र उपलब्ध गराउन नभइ गाउँपालिका, प्रदेश र संघसम्म नै पहुँच पुर्याउन समुह गठन गर्न लागेका हौँ,’ उनले भनिन् । 

चालु आर्थिक वर्षमा गाउँपालिकाले कृषि शाखाका लागि करिब एक करोड ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताइन् ।