close

हल गोरु पाल्ने म्याग्देका किसानलाई साढे १४ लाख अनुदान

हल गोरु पाल्ने म्याग्देका किसानलाई साढे १४ लाख अनुदान

Trulli
ADVERTISEMENT

तनहुँ- म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप पोषण अनुदान वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को ‘हलगोरु पोषण अनुदान कार्यक्रम’अन्तर्गत हल गोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो ।

पालिकाले सातवटै वडाका किसानलाई एक हल गोरुबापत जनही चार हजारका दरले रकम वितरण गरेको पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए । उनका अनुसार सबै वडाका गरी ३६७ कृषकलाई १४ लाख ६८ हजार रकम वितरण गरिएको छ ।

उक्त कार्यक्रम सञ्चालन गरिएपछि यसतर्फ किसानको आकर्षण बढेको पशुसेवा प्रमुख शाहको भनाइ थियो । गत आवमा गाउँपालिकाले यही कार्यक्रमबापत १० लाख वितरण गरेको थियो । त्यतिबेला हल गोरु पाल्ने किसानको सङ्ख्या २५० थियो । उनका अनुसार यो आवमा ११७ किसान बढेका छन् ।