close

आत्मनिर्भरका लागि कृषि पकेट कार्यक्रम

आत्मनिर्भरका लागि कृषि पकेट कार्यक्रम

Trulli
ADVERTISEMENT

रुपन्देही - सम्मरीमाई गाउँपालिकाले कृषिमा आत्मनिर्भरका लागि पकेट कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले कृषिमा युवाको आकर्षण बढाउनका तथा आय आर्जनमा वृद्धि गर्नको लागि पकेट कार्यक्रम सञ्चालन गर्दै आएको हो । 

गाउँपालिकाका कृषि शाखाका अधिकृत सुरज पाण्डेयका अनुसार पालिकाले तरकारी पकेट र धान पकेट कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाले वडा नम्बर १, २ र ६ मा पकेट कार्यक्रम सञ्चालन गरेको उनले पालिकाखबरलाई बताए । उनका अनुसार गाउँपालिकाले चालु आवमा कृषि शाखाका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गाउँपालिकामा विशेष गरी उखु, च्याउ, तरकारी र धान बाली लगाउने गरेको छ । कृषिलाई प्राथमिकतामा दिनको लागि वडास्तरीय र प्रधानमन्त्री कृषि आधुनिकीकरणमार्फत कार्यक्रम सञ्चालन गरिएको उनले सुनाए । साथै कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण, तालिम तथा प्राविधिक सहयोग गर्दै आएको उनको दाबी छ । 

गाउँपालिकामा उत्पादन भएको कृषिजन्य सामग्रीलाई बजार संकलन केन्द्रमार्फत सदरमुकाममा लैजाने गरेको उनले सुनाए । उनका अनुसार गाउँपालिकामा एउटा केन्द्र सञ्चालनमा छ ।