close

५० प्रतिशत अनुदानमा पानी तान्ने इलेक्ट्रिक मोटर

५० प्रतिशत अनुदानमा पानी तान्ने इलेक्ट्रिक मोटर

Trulli
ADVERTISEMENT

कपिलवस्तु– कपिलवस्तु नगरपालिकाले किसानलाई अनुदानमा पानी तान्ने इलेक्ट्रिक पम्पसेट/मोटर वितरण गर्ने भएको छ । 

नगरपालिकाले ५० प्रतिशत अनुदानमा पानी तान्ने इलेक्ट्रिक पम्पसेट/मोटर वितरणका लागि इच्छुक कृषक, फार्म तथा कृषि समूहलाई आवेदनका लागि आग्रह गरेको हो । 

आर्थिक वर्ष२०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार साना सिंचाई कार्यक्रममा सहभागिताको लागि इच्छुक कृषक, फर्म, कम्पनी, कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिले आवेदन दिन सक्ने नगरपालिकाले सूचित गरेको छ ।