close

एउटै वडामा साढे २ करोडको सुन्तला

एउटै वडामा साढे २ करोडको सुन्तला

Trulli
ADVERTISEMENT

अर्घाखाँची- पाणिनी गाउपालिका-१ सिम्लेका किसानहरुलाई यतिबेला सुन्तला टिपेर बजार पुर्‍याउन भ्याइनभ्याइ छ। । यहाँका प्रत्येक सुन्तला किसान ले वार्षिक न्यूनतम ५० हजारदेखि २२ लाख सम्मको सुन्तला बिक्री गरेका छन् । 

सिम्ले गाउँका ४६ घर परिवार व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेका किसान गङ्गा गौतम बताउँछन् । यहाँको सुन्तला बुटवल, भैरहवा, चितवन, काठमाडौं, पोखरा र धरानसम्म पुग्ने गरेको कृषक मतिराज गौतम बताउँछन् । 

पाणिनी १  सिम्ले का  ४६ घर परिवार ब्यबसायिक रुप मा सुन्तला खेती मा लागेका छ्न । अर्घाखाँची को पाणिनी, छत्रदेब , मालारानी लगायत का छेत्रहरु मा गरु अर्घाखाँची मा १२ सय हेक्टर जमिन मा सुन्तला खेती गर्दै आइएकाे छ । देश मा के हि अबसर नभएर दैनिक लाखौ को संख्या  मा बिदेसिन बाध्यता छ भनिरहदा यहाका किसान हरु लाई भने जापान अमेरिका गएर कमाउने  कमाइ यहि कमाइ रहेका छ्न ।

सिम्लेको सुन्तला बगैंचा हेर्नको लागि आन्तरिक पर्यटनसमेत आउने गरेका छन् । पाणिनी गाउँपालिकाबाट गत वर्ष ७ करोड बराबरको सुन्तला  निर्यात भएको थियो । यस वर्ष उत्पादन बढेको हुँदा १० करोडभन्दा बढी आम्दानी हुने पाणिनी गाउँपालिकाका कृषि अधिकृत  मेघराज पौडेलको अनु्मान छ ।