close

हाते ट्याक्टर मर्मत गर्ने खोज्दै सत्यवती

हाते ट्याक्टर मर्मत गर्ने खोज्दै सत्यवती

Trulli
ADVERTISEMENT

गुल्मी– सत्यवती गाउँपालिकाले कृषि यन्त्र औजार तथा उपकरण मर्मत कार्यक्रममा सूचीकृत हुन आह्वान गरेको छ । गाउँपालिकामा विग्रेका हाते ट्याक्टर मर्मत गर्नुपर्ने भएको हुँदा इच्छुकले सूचीकृतको लागि आह्वान गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा स्वीकृत वार्षिक कार्यक्रममा कृषियन्त्र औजार तथा उपकरण मर्मत कार्यक्रमअन्तर्गत बिग्रेका हाते ट्याक्टर मर्मतमा सहभागी हुन सकिने सूचनामा उल्लेख छ । 

इच्छुक संस्थाले ६ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।