close

५० प्रतिशत अनुदानमा पम्पसेट

५० प्रतिशत अनुदानमा पम्पसेट

Trulli
ADVERTISEMENT

कपिलबस्तु– महाराजगञ्ज नगरपालिकाले अनुदानमा सिँचाइ सामग्री वितरण गर्ने भएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा सिँचाइ सामग्री वितरण गरिने जनाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को नगरपालिकाको कृषि विकास शाखाको स्वीकृत वार्षिक साना सिँचाइ कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण गरिने नगरपालिकाले जनाएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने इच्छुक कृषक, फर्म, कम्पनी, कृषक समूह, सहकारी र जलउपभोक्ता समितिले १५ दिनभित्र आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।