close

च्याउ खेतीप्रति तामाकोशीबासीकाे माेह

च्याउ खेतीप्रति तामाकोशीबासीकाे माेह

Trulli
ADVERTISEMENT

रामेछाप– लिखु तामाकोशी गाउँपालिकामा व्यावसायिक रुपमा च्याउ खेती गर्ने किसान आकर्षित हुँदै आएका छन् । छोटो समयमा राम्रो आम्दानी हुने भएकोले च्याउ खेतीमा स्थानीय कृषककाे आकर्षण बढेकाे हाे ।

गाउँपालिकाका वडा नं. ७, वडा नं. ५, वडा नं. ४  वडा नं. १ का  गरी ४ वटा वडामा किसानले व्यावसायिक रुपमा च्याउ खेती गर्ने गरेको कृषि प्राविधिक कबिता बुढाथोकीले बताइन् । गाउँपालिकाका किसानले च्याउ खेतीलाई व्यवसायीक रुपमा विकास गर्दै गरेको उनले पालिकाखबरलाई बताइन् । कसैले दश वर्ष पहिले, कसैले ७/८ वर्ष पहिले, कसैले ५ वर्ष पहिले र कसैले गत वर्षदेखि च्याउ खेती गर्दै आएको उनले बताइन् ।

गाउँपालिकामा कृषि सहकारी संस्था गठन गरी सोही सरकारीका अनुसार विभिन्न जातका च्याउ खेती गर्दै आएको छ । छोटो समयमा आम्दानी हुने भएकोले कृषक च्याउ खेतीमा आक्रर्षक भएको उनको भनाइ छ । 

कृषकले उत्पादन गरेको च्याउ किलोको २५० रुपैयाँका दरले बिक्री हुने गरेका छ । रामेछापको मन्थली, स्थानीय तथा दोलखाका बजारमा च्याउ बिक्री हुने गरेकाे उनकाे भनाइ छ । बजारमा च्याउको माग बढिरहेको प्राविधिक बुढाथोकीले सुनाइन् । च्याउको बजारमा भने समस्या नभएकोले पनि कृषकको रोजाइमा च्याउ खेती रहेको उनको भनाइ छ ।