close

असिना पीडितलाई शुक्लागण्डकीको राहत

असिना पीडितलाई शुक्लागण्डकीको राहत

Trulli
ADVERTISEMENT

तनहुँ - शुक्लागण्डकी नगरपालिकाले असिनाबाट पीडित कृषकलाई राहत वितरण गरेको हो । नगरपालिकाले पालिकाभित्रका १२७ जना कृषकलाई राहत स्वरुप राहत वितरण गरेको हो । 

गत कात्तिक १८ गते भित्राउन ठिक्क पारिएको धान सुकाएर राखेको अवस्थामा असिनाले ठुलो क्षति पुर्‍याएको थियो । नगर प्रमुख कृष्णराज पण्डितका अनुसार सो क्षतिमध्ये २० प्रतिशत राहत स्वरुप वितरण गरेको हो । 

नगरपालिकामार्फत उपलब्ध गराइएको राहतले पीडित कृषकहरुलाई थोरै भए राहत उनले जानकारी दिए । नगरपालिकाले राहतस्वरुप छ लाख ८० हजार रुपैयाँ राहत वितरण गरिएको जनाएको छ ।