close

२५ प्रतिशत अनुदानमा मकै र घाँसको बीउ

२५ प्रतिशत अनुदानमा मकै र घाँसको बीउ

Trulli
ADVERTISEMENT

मोरङ– लेटाङ नगरपालिकाले अनुदानमा टियोसेन्टि (मकै) र सुडान घाँसको बीउ वितरण गर्ने भएको छ । नगरपालिकाले २५ प्रतिशत साझेदारी अनुदानमा टियोसेन्टि (मकै) र सुडान घाँसको बीउ वितरण गर्न लागेकाे हाे । 

नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार २५ प्रतिशत साझेदारी अनुदानमा मकै र घाँसको बीउ वितरण गरिने एक सूचनामा उल्लेख छ । कृषकको वर्गीकरणअन्तर्गत साना किसानले १/२ वटा पशु संख्या, मध्यम/ठूला किसानले ५ वटा पशु संख्या र व्यावसायिक फार्मले १० वटा पशु संख्या भएको हुनुपर्ने छ ।

त्यसैगरी टियोसेन्टि १० केजी, १५ केजी, ३० केजी र सुडान घाँसको बीउ ५/५ केजीको परिमाणमा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । इच्छुक कृषक, समूह, व्यावसायिक फार्मले आवश्यक पर्ने घाँस र मकैको बीउको लागि यही माघ मसान्तसम्म आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।