close

कृषि आधुनिकीकरणको लागि सूर्योदयको करोडौँ लगानी

कृषि आधुनिकीकरणको लागि सूर्योदयको करोडौँ लगानी

Trulli
ADVERTISEMENT

इलाम- सूर्योदय नगरपालिकाले आधुनिक र व्यावसायिक कृषि खेतीका लागि करोडौँ लगानी गरिरहेको छ । गरपालिकाले आलु, अदुवा, अलैँची, बेसार लगायतका सबै खेतीमा आधुनिक पद्धती अप्नाउनका काम गरिरहेको नगरपालिकाले जनाएको छ । 

सूर्योदय–७ कन्याममा २३ करोड लगानीमा अर्थोडक्स चिया अनुसन्धान तथा प्रवर्धन केन्द्र एक महिना अघि निर्माण सम्पन्न भएको छ । यो देशकै पहिलो अनुसन्धान केन्द्र हो । चिया रोपण सुरु भएको करिब १६० वर्षपछि सूर्योदयमा केन्द्र निर्माण हुँदा किसान उत्साहित छन् । 

सूर्योदय–८ का कृषक गणेश भट्टराईका अनुसार चिया टिप्ने तरिका, प्रशोधन र बजारीकरण सम्मका बिषयमा नयाँ आयाम थपिने आसा पलाएको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको साझेदारीमा यो केन्द्र निर्माण भएको हो ।

नगरपालिकामा दुई करोडको हाराहारीमा कृषि ईनोभेसन सेन्टर निर्माणको काम सुरु गर्ने तयारी भइरहेको जगरप्रमुख रणबहादुर राईले भने ‘कृषिलाई आधुनिक, यान्त्रिकिकरण र व्यावसायिक बनाएर लैजान कृषि इनोभेसन सेन्टरले मद्धद गर्दछ । किसानलाई कटिङ सिकाउने, कसरी थोरै भन्दा थोरै जमिनबाट धेरै उत्पादन गरेर फाईदा लिन सकिन्छ भन्ने सिकाउने काम गर्छ ।’

यतिबेला सूर्योदय नगरपालिका किसानका घर–घरमा पुगेर बाली बिमा र पशु बिमा गर्नुपर्छ भन्दै सचेत गराईरहेको छ । पालिकाले पचास प्रतिशत अनुदान दिएर बिमा किसानलाई प्रोत्साहन गरिरहेको हो । नगरपालिका कृषि एम्बूलेन्स सञ्चालनको अन्तिम तयारीमा छ ।