close

किबीको बिरुवा खरिदमा ५० प्रतिशत अनुदान

किबीको बिरुवा खरिदमा ५० प्रतिशत अनुदान

Trulli
ADVERTISEMENT

ललितपुर– महांकाल गाउँपालिकाले अनुदानमा किबीको बिरुवा वितरण गर्ने भएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा किबीको बिरुवा वितरण गरिने जनाएको हो ।

गाउँपालिकाको कृषि शाखाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा किबीको विरुवा वितरण गरिने सूचनामा उल्लेख छ । साथै गाउँपालिकाले किबी खेती सम्बन्धी १ दिने तालिम पनि उपलब्ध गराउने भएको छ । इच्छुक कृषकले यहि माघ १६ गते बिहान ११ बजे गाउँपालिकाको कार्यालयबाट विरुवा तथा तालिम प्राप्त गर्न सक्ने जनाइएको छ ।