close

३२ जनाको गोबर ग्यास प्लान्ट निर्माण गर्दै काठेखोला

३२ जनाको गोबर ग्यास प्लान्ट निर्माण गर्दै काठेखोला

Trulli
ADVERTISEMENT

बागलुङ– काठेखोला गाउँपालिकाले गोबर ग्यास प्लान्ट निर्माणको लागि अनुदान दिने भएको छ । सोमबार एक सूचना जारी गर्दै गाउँपालिकाले गोबरग्यास प्लान्ट निर्माण गर्न लागेकाे जनाएको हो ।

गाउँपालिकाले पहिलोपटक गोबरग्यास प्लान्ट निर्मााणको लागि अनुदान उपलब्ध गराउन लागेको प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले बताए । रुख, विरुवाको संरक्षण तथा एलपी ग्याँसको प्रयोगमा न्युनिकरण गर्न गोबरग्यास निर्माणमा अनुदान दिन लागेको उनले पालिकाखबरलाई जानकारी दिए । 

चालु आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले ३२ जनालाई २५ हजार रुपैयाँका दरले अनुदान  उपलब्ध गराउन लागेको उनले बताए । गोबरग्याँस निर्माणको लागि खाडल र आवश्यक ढुङ्गा उपभोक्ताले स्वयंले उपलब्ध गराउनुपर्ने छ ।

गाउँपालिकाले नेपाल सरकार सशर्त अनुदान पुँजीगत तर्फको नवीकरणीय सर्जा कार्यक्रम अन्तर्गत गोबरग्यास निर्माण गर्न लागेको हो । गोबरग्यास प्लान्ट निर्मााणको लागि ईच्छुक पशुपालक कृषकहरुलाई निवेदन पेश गर्न गाउँपालिकाले अनुरोध गरेको हो । सूचना प्रकाशन भएको सात दिन भित्र निवेदन पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।