close

सामुहिक खेती गर्ने किसानलाई जापानी जातको ओखरका विरुवा

सामुहिक खेती गर्ने किसानलाई जापानी जातको ओखरका विरुवा

Trulli
ADVERTISEMENT

मुगु– सोरु गाउँपालिकाले सामुहिक खेतीमा आबद्ध हुन चाहने किसानलाई ओखरको विरुवा वितरण गर्ने भएको छ ।  गाउँपालिकाले सामुहिक खेती गर्ने कृषकलाई जापानी जातको विरुवा वितरण गर्न लागेकाे हाे । 

 गाउँपालिकामा दर्ता भएका २२ कृषक समूहलाई ओखरको विरुवा वितरण गर्ने जनाइएकाे छ । फागुन महिनामा सामुहिक खेतीमा आबद्ध किसानलाई जापानी जातको ओखरको विरुवा वितरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत तिर्थराज शाहीले बताए ।

उनकाअनुसार गाउँपालिकामा जग्गा जमिन भएको र व्यवसायिक रुपमा ओखर खेती गर्ने किसानलाई जापानी जातको दाते ओखरको विरुवा वितरण गरिने छ । हालसम्म गाउँपालिकामा २०/२२ कृषक समूह दर्ता भएको पालिकाखबरलाई बताए ।

हाससम्म गाउँपालिकामा पराम्परागत हाडे ओखरको खेती गर्दै आए पनि ओखरको बजारीकरण गरिएको थिएन । सो ओखर घरयासी परियोजनमा मात्र प्रयोग गरिदै आएको उनले बताए । यसका साथै गाउपालिकाको वडा नं. ६ लाई 'ओखर पकेट क्षेत्र' घोषणा गरेको छ । गाउँपालिकाले शसर्त अनुदानबाट ३० लाख बजेट विनियोजन गरेको छ ।