close

‘एक वडा एक सहकारीको’ अभियान सञ्चालन गर्दै सिम्ता

‘एक वडा एक सहकारीको’ अभियान सञ्चालन गर्दै सिम्ता

Trulli
ADVERTISEMENT

सुर्खेत– सिम्ता गाउँपालिकाले ‘एक वडा एक सहकारीको’ अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले कृषि सहकारीलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्न सो अभियान सञ्चालन गरिने भएको हो ।

सहकारीका माध्यमबाट स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग पुग्ने उद्देश्यले एक वडा एक सहकारी अभियान सञ्चालन गर्न लागेको अध्यक्ष ऐनबहादुर चन्दले बताए । कृषकलाई उत्पादन तथा आर्थिक उपार्जनमा सहयोग पुग्ने भएकोले सो अभियान सञ्चालन गर्न लागेको पालिकाखबरलाई बताए । 

कृषकको आर्थिकस्तर माथि उकास्न अभियान सञ्चालन गर्ने योजना रहेको छ । यसका लागि स्थानीय कृषकलाई सहकारीबारे विश्वास दिलाउन जनचेतनाका कार्यक्रम गर्ने उनले सुनाए । साथै सहकारीको फाइदा, महत्व र उपलब्धिका बारेमा कृषकलाई तालिम दिने योजना रहेको बताए ।

उनकाअनुसार स्थानीय सरकारको आभाष गराउन कृषकलाई सहयोग गर्न लागिएको हो । कृषि क्षेत्रमा केही गर्छु भनेर आउने किसानलाई सहकारीले सस्तोमा ऋण उपलब्ध गराउन सकिने उनको भनाइ छ । 

सामुहिक रुपमा पशुपालन, सामुहिक खेती गर्ने किसानलाई सहकारीको नियम, कानुनमा रहेर काम अघि बढ्ने उनले सुनाए । कृषकलाई उत्पादनमा वृद्धि, आर्थिक उपार्जनमा सहयोग पुग्ने उनको विश्वास छ ।