close

बाली उपचार शिविर सञ्चालन गर्दै कुमाख

बाली उपचार शिविर सञ्चालन गर्दै कुमाख

Trulli
ADVERTISEMENT

सल्यान– कुमाख गाउँपालिकाले बाली उपचार शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाअन्तर्गतका वडामा बालीमा लाग्ने रोगको पहिचान र निराकरण गर्न बाली उपचार शिविर सञ्चालन गर्न लागेको हो ।

आउदो फागुन महिनामा कृषकको बालीमा कुन/कुन रोग पहिचान गरी सोबारे निराकरण गर्ने गरेको कृषि प्राविधिक सहायक गंगा वलीले बताइन् । उनकाअनुसार कृषि अनुगमनका क्रममा गत वर्ष आलु र तोरीमा रोग लागेको थियो ।

यसका साथै कृषकले लगाउदै आएको बालीमा रोग देखा परेमा विषादी दिने गरेको कृषि प्राविधिक सहायक वलीले पालिकाखबरलाई जानकारी दिइन् । सो सम्बन्धि गाउँपालिकाले प्रत्येक वडामा बाली उपचार शिविर सञ्चालन गर्ने उनको भनाइ छ । 

‘कृषकले लगाएको बालीमा रोगले मात्र असर गरेको हुदैन् कहिलेकाँही कुन माटोमा कुन बाली लगाउनेबारे कृषकलाई थाहा नहुँदा पनि असर हुन्छ । त्यसका लागि कृषकलाई जनचेतनाका कार्यक्रममार्फत् सचेत गर्ने गरेको उनको भनाइ छ ।’ 

गाउँपालिकाले कृषि सामग्री ५० प्रतिशत अनुदानमा दिने गरेको छ । कृषकलाई मिनी किट वितरण, माटो परिक्षण निशुल्क गर्दै आएको प्राविधिक वलीको भनाइ छ । 

पालिकाले कृषिका भनेर गत वर्ष एक करोड ७ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षमा ८६ लाख बजेट विनियोजन गरेको छ ।