close

कृषि सडकमा पाइप विछ्याउँदै मुखियापट्टी

कृषि सडकमा पाइप विछ्याउँदै मुखियापट्टी

Trulli
ADVERTISEMENT

धनुषा - मुखियापट्टी मुसहरनिया गाउँपालिकाले कृषि सडकमा ह्युम पाइप विछ्याउने भएको छ । कृषि बालीमा सिँचाइको पहुँच सहज रुपमा पुर्याउनका लागि पाइप विछ्याउन लागेको हो । 

गाउँपालिकाको कृषि विकास अधिकृत रोशन कुमार यादवका अनुसार कृषि ज्ञान केन्द्रमार्फत ८५ प्रतिशत अनुदानमा पाइप विछ्याउने छ । गाउँपालिकाले आवश्यकता अनुसार पाइप विछ्याउने उनले पालिकाखबरलाई सुनाए । 

गाउँपालिकामा खेतमा जानको लागि ग्राभेल विछ्याएर सडक निर्माण भएको उनले बताए । सो सडकबाट कृषिजन्य सामग्री ओसारपसारको लागि सवारी साधनसमेत जान सक्ने उनको भनाइ छ । 

सो सडकमा पाइप विछ्याएसँगै नदीको पानी खेतबारीमा लैजान सजिलो हुने उनले सुनाए । गाउँपालिकाले गत आर्थिक वर्षमा पनि कृषि सडकमा ह्युम पाइप विछ्याएको थियो । 

गाउँपालिकाले कृषिमा आत्मनिर्भरका लागि अनुदानमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । उनका अनुसार गाउँपालिकाले गहुँको वीउ, तरकारीको वीउ, किटनाशक औषधी वितरण,  मेसिनरीलगायत विभिन्न सामग्री ७५ देखि ८५ प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ । 

गाउँपालिकाले स्थानीय सहकारी तथा समूहको प्रतिनिधिमार्फत आवश्यक सामग्रीबारे जानकारी लिने गर्दछ । सोहीमार्फत सामग्री वितरण गर्ने गरेको उनले सुनाए ।