close

प्रतिरोपनी १०० किलो प्राङ्गारिक मल अनुदानमा

प्रतिरोपनी १०० किलो प्राङ्गारिक मल अनुदानमा

Trulli
ADVERTISEMENT

काठामाडौं- कागेश्वरी मनोहरा नगरपालिकाले किसान ५० प्रतिशत अनुदानमा प्राङ्गारिक मल वितरण गर्ने भएको छ । गाउँपालिकाले किसानहरूको मागको आधार बालीअनुसार मल वितरण गर्न लागेको जनाएको छ । 

रासायनिक मल र विषादीको न्यूनीकरणका लागि किसानलाई साढे ३२ टन प्राङ्गरिक मल अनुदानमा वितरणका लागि किसानहरूको आवेदन माग गरिएको नगरपालिकाकी कृषि शाखा प्रमुख मेनका तिवारी भट्टराईले बताइन् । उनका अनुसार प्रतिकिलो २८ रुपैयाँ पर्ने मल किसानहरूले १४ रुपैयाँमा पाउनेछन् ।

नगरपालिकाले प्रतिरोपनी बालीअनुसार मलको मात्रा निर्धारण गरेको छ । जसअनुसार सबैभन्दा धेरै गोलभेडा उत्पादकले प्रतिरोपनी १०० केजीसम्म मल पाउनेछन् । त्यसपछि अन्य तरकारी र गहुँ उत्पादनका लागि प्रतिरोपनी ७५ किलो, लहरे बालीका लागि प्रतिरोपनी ६० किलो र धानका लागि प्रतिरोपनी अधिकतम ४० किलो प्राङ्गारिक मल पाउनेछन् । 

किसान, कृषि समूह, कृषक फार्मले आवश्यक कागजात, वडाको सिफारिस र किसान कार्डको प्रतिलिपीसहित माघ २५ गतेभित्र आवेदन दिइसक्नुपर्ने नगरपालिकाको सूचनामा उल्लेख छ ।