close

शिवसताक्षीमा कृषि थोक बजार

शिवसताक्षीमा कृषि थोक बजार

Trulli
ADVERTISEMENT

झापा - शिवसताक्षी नगरपालिकाले शिवगंज कृषि थोक बजार सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाले स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य सामग्री तथा रैथाने सामग्रीको बजारीकरणको लागि सहज पु¥याउनका लागि थोक बजार सञ्चालनमा ल्याउन लागेको हो ।

नगरपालिकाले वडा नम्बर ६ मा शिवगंज थोक बजार निर्माण गरेको छ । विगत केही बर्षदेखि निर्माण गर्दै आएको सो बजार यस वर्ष सम्पन्न भएको पालिकाका कृषि शाखाका अधिकृत रविन भट्टराईले पालिकाखबरलाई सुनाए । उनका अनुसार चालु आवमा कृषि बजार सम्पन्नको लागि नगरपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

बजारको भौतिक संरचना निर्माण सम्पन्न भएसँगै सञ्चालनको लागि नगरपालिकाले सूचना जारी गरिसकेको उनले सुनाए । नगरपालिकाले सटरको लागि निश्चित शूल्कसमेत निर्धारण गरेको उनले बताए । 

नगरपालिकाले बजारमा रहेका ४७ वटा सटरहरु भाडामा दिने उनको भनाइ छ । सो संरचनामा नगरपालिकाले व्लक 'ए' का ३९ वटा प्रति सटर एक हजार ५०० रुपैयाँको दरले र ब्लक 'वि' का ८ वटा प्रतिसटर दुई हजार ५०० रुपैयाँको दरले भाडामा दिने उनको भनाइ छ ।

सोका लागि इच्छुक व्यक्ति तथा सहकारी संस्थाले आवेदन दिएको उनले बताए । सटर भाडामा लिने व्यक्ति स्वयम्ले फोहरको व्यवस्थापन तथा सवा मिटर राखेर बत्तीको  व्यवस्थापन गर्नुपर्ने छ । 

सो बजारमा स्थानीय क्षेत्रमा उत्पादन भएका  कृषि जन्य तथा रैथाने सामग्रीलाई प्राथमिकता दिइने उनको भनाइ छ । स्थानीय क्षेत्रबाट आवश्यक सामग्री अपुग भएमा छिमेकी पालिका तथा बजारबाट पनि व्यवस्थापन हुने उनले सुनाए । 

नगरपालिकामा धान, मकै तथा तरकारीको उत्पादन राम्रो रहेको उनले सुनाए । सो बाली तथा तरकारीलाई थप प्रवद्र्धनको लागि अनुदानमा बीउ, उपकरण तथा सामग्री वितरण गर्दै आएको छ । 

हाल नगरपालिकामा उत्पादन भएको सामग्रीहरु दमक, बिर्तामोड तथा विभिन्न बजारमा बिक्री गर्दै आएको छ । बजार सञ्चालनमा आएसँगै सबै सामग्री सोही क्षेत्रमा बिक्री हुने उनको विश्वास छ । आवश्यक पक्रिया पुरा गरी आगामी केही समय भित्रै बजार सञ्चालनमा ल्याइने उनले बताए ।