close

जैविक मलसम्बन्धि घुम्ती तालिम दिदै लालझाडी

जैविक मलसम्बन्धि घुम्ती तालिम दिदै लालझाडी

Trulli
ADVERTISEMENT

कञ्चनपुर– लालझाडी गाउँपालिकाले जैविक मलसम्बन्धि घुम्ती तालिम दिदै आएको छ । गाउँपालिकाअन्तर्गतका हरेक वडाहरुमा जैविक मल उत्पादन गर्न घुम्ती तालिम दिदै आएको हो ।

गाउँपालिकाका हरेक वडामा जैविक मल बनाएर आफ्नै खेतबारीमा प्रयोग गर्दै आएको कृषि अधिकृत दशरथ साउँदले बताए । विषादी मलको साटोमा वनस्पति मल बनाउनेसम्बन्धि तालिम उपलब्ध गराएपछि कृषकले आफ्नो खेतबारीमा जैविक मल प्रयोग गर्दै आएको उनले पालिका खबरलाई जानकारी दिए । 

सो तालिम आव २०७९/८० देखि सञ्चालनमा ल्याइ दुई वटा वडामा मात्रै सञ्चालन गरेको उनले बताए । चालु आवमा २०८०/८१ मा ‘हरेक वडामा २५/२५ जना कृषकको समुहमा तालिम उपलब्ध गराउँदै आएको छौ’ उनले भने । 

घुम्ती तालिममार्फत् उत्पादन गरेको जैविक मल कृषकले आफ्नै बारीमा प्रयोग गर्दै आएका छन । घुम्ती तालिम एक दिनमा निः शुल्क सञ्चालन गर्दै आएको कृषि अधिकृत साउँदले बताए । यसका लागि पालिकाले एक लाख रुपैयाँ वजेट विनियोजन गरेको छ ।