close

साना सिंचाई प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याउदै बान्नीगढी जयगढ

साना सिंचाई प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याउदै बान्नीगढी जयगढ

Trulli
ADVERTISEMENT

अछाम– बान्नीगढी जयगढ गाउँपालिकाले साना सिंचाई प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाअन्तर्गतका हरेक वडाका लागि आगामी फागुन ४ गतेसम्म आवेदन माग गरिएको हो ।

गाउँपालिकाको २०८०/८१ को वार्षिक स्वीकृत अनुदानको साना सिंचाई निर्माण कार्यक्रममा ६ वटा वडाका किसानका लागि आवेदन माग गरिएको कृषि प्राविधिक दिपक भुलले बताए । गाउँपालिकामा कृषि पेशामा आवद्ध किसानलाई सिंचाईको समस्या भएको कारणले साना सिंचाई प्रवद्र्धन कार्यक्रममार्फत् सहज गर्न लागेको प्राविधिक भुलले पालिकाखबरलाई जानकारी दिए । 

गाउँघरमा सिंचाई गर्न पानी भएको तर व्यवस्थित गर्न नसकेकोले गाउँपालिकाले आवेदन माग पनि गरेको प्राविधिक भुलले बताए । किसानलाई सिंचाईमा सहज गर्न ट्याङ्की वितरण गर्न लागेको उनले बताए । गाउँपालिकामा दर्ता भएका कृषक समुह, सहकारी, फर्म ५० प्रतिशत, १५ प्रतिशत अनुदानमा उपलब्ध गराउने उनले बताए । कृषकलाई आवेदन दिएका आधारमा छनौट गर्ने उनको भनाइ छ ।

कृषिका क्षेत्रमा प्रदेश सरकारबाट ११ लाख र संघिय सरकारले सात लाख बजेट विनियोजन गरेको छ ।