close

खोटेहाङमा कृषि सञ्जाल

खोटेहाङमा कृषि सञ्जाल

Trulli
ADVERTISEMENT

खोटाङ - खोटेहाङ गाउँपालिकाले कृषि सञ्जाल गठन गर्न थालेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी सोमबारदेखि वडा नम्बर ४ बाट कृषि सञ्जाल गठन गर्न थालेको हो । 

गाउँपालिकाको कृषि अधिकृत केशबकुमार झाका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप कृषि सञ्जाल गठन गर्न लागेको हो । गाउँपालिकाको कृषि शाखा र कृषकबीच पुलको भूमिका निर्वाह गर्नको लागि कृषि सञ्जाल गठन गर्न थालेको उनले पालिकाखबरलाई सुनाए । 

गाउँपालिकाले प्रत्येक वडामा एक एक वडा कृषि सञ्जाल गठन हुने उनले सुनाए । उनका अनुसार आगामी फागुन ११ गतेसम्म गाउँपालिकामा ९ वटा कृषि सञ्जाल गठन हुने छ । 

कृषि सञ्जालको लागि १८ देखि ६० वर्षसम्मका व्यक्तिलाई सदस्य बनाइने छ । सञ्जालको अध्यक्ष तथा उपाध्यक्षसहित ९ देखि ११ जनासम्मको सदस्य रहने व्यवस्था कार्यविधिले गरेको उनले सुनाए । जसमा ३५ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने छ । 

गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष सञ्जालको आमन्त्रित सदस्यको रुपमा रहने उनको भनाइ छ । कृषि सञ्जालमा कृषि पेशा गर्दै आएका, कृषि विज्ञ तथा कृषिसम्बन्धी ज्ञान भएका व्यक्तिलाई प्राथमिकता दिने उनले बताए । सञ्जाल गठन भइसके पछि कृषि कार्य गर्नको लागि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गरिने उनले सुनाए ।