close

३६ कृषकलाई अनुदानमा प्लाष्टिक टनेल

३६ कृषकलाई अनुदानमा प्लाष्टिक टनेल

Trulli
सांकेत्मक तस्बिर ।
ADVERTISEMENT

नुवाकोट– पञ्चकन्या गाउँपालिकाले स्थानीय कृषकलाई प्लाष्टिक टनेल वितरण गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण गर्न लागेको हो ।

गाउँपालिकाले अनुदानमा प्लाष्टिक टनेल वितरणका लागि कृषकहरुलाई आवेदन माग गर्न अनुराध गरेको थियो । प्लाष्टिक टनेलमा आवेदन दिएका सबैजना कृषक छनोटमा परेको कृषि शाखा अधिकृत एजिना अधिकारीले जानकारी दिइन् ।  वडा नं १ देखि ५ सम्मका ३६ जनालाई अनुदानमा प्लाष्टिक टनेल वितरणका लागि छनोट भएका हुन् । 

छनोट भएका लाभग्राहीले गाउँपालिकाको खातामा प्लाष्टिक टनेलको लागि ५० प्रतिशत रकम तथा २ हजार नौ सय रुपैयाँ जम्मा गर्नुपर्ने मंगलबार एक सूचना जारी गर्दै अनुरोध गरेको छ । पाँच दिनभित्र सो रकम जम्मा गरेर बैंक भौचर कृषि शाखामा पेश गर्न गाउँपालिकाले अनुरोध गरेको हो । 

किसानहरुले रकम जम्मा गरेपछि गाउँपालिकाले ५० प्रतिशत रकम थप गरेर प्लाष्टिक टनेल खरिद गरेर वितरण गर्ने कृषि शाखाकी अधिकारीले पालिकाखबरलाई जानकारी दिइन् । गाउँपालिकामा बेमौसमी तरकारी खेतीलाई प्रोत्साहन गर्न अनुदानमा प्लाष्टिक टनेल वितरण गर्न लागेको उनले बताइन् । 

गाउँपालिकाले गत वर्षपनि स्थानीय कृषकलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण गरेको थियो ।