close

थलारामा बाँदर आतंक : किसान चिन्तित

थलारामा बाँदर आतंक : किसान चिन्तित

Trulli
ADVERTISEMENT

बझाङ– थलारा गाउँपालिकाका किसा बाँदर आतंकको हैरानीमा परेका छन् । किसानले बारीमा लगाएको बाली नभित्र्याउँदै बाँदरले खाइदिएपछि किसानहरू समस्यामा परेका हुन् । 

कृषि नायव प्राविधिक शाखाका विनोद रावलकाअनुसार गाउँपालिकामा किसानले लगाएको बाली पाक्नुअगावै बाँदरले खाएपछि किसानलाई हैरानी खेप्नु परेको हो । 

किसानले लगाएका गहुँ, दलहनबाली लगायत खाएर नष्ट गर्दा किसानले बर्सेनि घाटा बेहोर्दै आएको छ ।  ‘पहिले महावीर पुनले बनाएको बाँदर धपाउने मेसिन ल्याएर बाँदर धपाउन खोजेका थियौै मेसिन प्रयोग गरुन्जेल जान्छन, फेरि आएर दुः ख दिन थाल्छन,’ उनले भने । उनका अनुसार भगाउने बन्दुकले तर्साउँदा समेत तर्सिन छोडेको हुँदा समस्या रहेको उनको भनाइ छ । 

किसानहरूले गाउँपालिकाबाट क्षतिपुर्तिको अपेक्षा गरे पनि नीति तथा कार्यक्रममा क्षतिपुर्तिसम्बन्धी कुनै कार्यक्रम नरहेको गाउँपालिकाले जनाएको छ ।