close

सोरुका टिमुरलाई बजार पाउनै मुस्किल

सोरुका टिमुरलाई बजार पाउनै मुस्किल

Trulli
फाइल तस्विर
ADVERTISEMENT

मुगु– सोरु गाउँपालिकामा किसानले करिब दुई क्वीन्टल टिमुर उत्पादन गरेका छन् । गाउँपालिकाको वडा नम्बर ५ मा ३०/४० जना किसानले टिमुर उत्पादन गर्दै आएका छन् ।

गाउँपालिकाको ५ नम्बर वडामा टिमुर खेतीको लागि उपयुक्त हावापानी भएकोले टिमुर खेतीमा किसान आकर्षित भएको कृषि शाखाका सरोज खड्काले बताए । डेढ रोपनी जमिनमा ३०/४० जना किसानले टिमुर खेती गर्दै आएको खड्काले पालिकाखबरलाई जानकारी दिए । 

गत वर्ष किसानले स्थानीयस्तरमा करिब दुई क्वीन्टल टिमुर उत्पादन गरेको बताए । उत्पादित टिमुर व्यापारीले किसानको घरमै आएर खरिद गर्ने गरेको खड्काको भनाइ छ । गाउँपालिकाले वडा नम्बर ५ लाई टिमुर खेती गर्ने उपयुक्त ठाउँको रुपमा छनौट गरेको बताए ।

'गाउँपालिकाले बजारीकरणमा सहयोग गरेन भनेर किसानले गुनासो गर्ने गरेका छन् । गुनासोपछि बजार सहजीकरणमा पहल गर्न खोजेका छौ लागु गर्ने योजना छौँ,' उनले भने। उत्पादित टिमुर किसानले हुम्ला करिडोर, सुर्खेत, नेपालगञ्ज, गमगढी लगेर बिक्री गर्ने गरेको उनले सुनाए ।

गाउँपालिकाले १ र २ नं.वडामा सिमी उत्पादन गर्न, ६ नम्बर वडामा ओखर र स्याउ उत्पादन, ५ नम्बरमा टिमुर उत्पादन र ७ र ८ नंम्बर वडामा तरकारी लगाउन छनौट गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा बीउविजन वितरण तथा किसानलाई तालिम दिएको उनले बताए । आउदो फागुन चैतबाट खेती लगाउन शुरु गर्न लागेको उनको भनाइ छ ।