close

बडीकेदारमा ११९ ठाउँको माटो परीक्षण

बडीकेदारमा ११९ ठाउँको माटो परीक्षण

Trulli
ADVERTISEMENT

डोटी– बडीकेदार गाउँपालिकामा २ दिने माटो परीक्षण शिविर सञ्चालन गरेको छ । गाउँपालिकामा सोमबार र मंगलबार ११९ ठाउँको माटो परीक्षण गरेकोे हो ।
गाउँपालिकामा २ दिने माटो परीक्षण शिविर सञ्चालनबाट ११९ ठाउँको माटो परीक्षण गरेको कृषि शाखाका प्राविधिक सहायक सुरेन्द्र शाहले बताए । शिविरबाट माटोको अवस्था बुझेर माटोमा सुधारको उपाय खोजेर उत्पादन बढाउन शिविर सञ्चालन गरेको शाहले पालिकाखबरलाई जानकारी दिए ।

गाउपालिकाअन्तर्गतका कुन वडामा कुन खेती गर्न उपयुक्त हुन्छ सोहीअनुसार खेती गर्न किसानलाई सुझाब दिएको प्राविधिक शाहले बताए । विभिन्न प्रकारका खेती गरी उत्पादक बढाउन सहजता हुने उनको भनाइ छ । 

बडिकेदार गाउँपालिका, माटो तथा मल परीक्षण प्रयोगशाला कञ्चनपुर र कृषि ज्ञानकेन्द्र डोटीको संयुक्त समन्वय तथा आयोजनामा २ दिने माटो परीक्षण शिविर सञ्चालन गरिएको शाहले बताए । 

२ दिने माटो परीक्षणबाट शिविरबाट नमुना परीक्षणबाट धेरै स्थानमा अम्लीय माटो बढी भएको नाइट्रोजन, फस्फोरसको मात्रा कम देखिएको प्रयोगशालामा  संलग्न कर्मचारीले बताए । यसका लागि स्थानीय कृषकले प्राङ्गारिक मलको प्रगोग गर्न तथा रासायनिक मलको प्रगोगमा कमी गर्न सुझाव दिएका छन  ।