close

बगर खेती गर्ने किसानलाई सुस्ताकाे अनुदान

बगर खेती गर्ने किसानलाई सुस्ताकाे अनुदान

Trulli
ADVERTISEMENT

नवलपरासी (प)– सुस्ता गाउँपालिकाले नदीको किनारमा बगर खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाले नारायणी नदीको बगरमा खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदान दिने भएको हो ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को स्विकृत कार्यक्रमअनुसार बगर खेती गर्ने किसानलाई अनुदान दिन लागिएको कृषि शाखा संयोजक किरण कुमारी चौधरीले बताइन् । बगर खेती अन्तर्गत खरबुजा र तरबुजा रोप्नुपर्ने छ । गाउँपालिकाले प्रतिकठ्ठा सात हजार रुपैयाँका दरले  अनुदान उपलब्ध गराउने उनले पालिकाखबरलाई जानकारी दिइन् ।

गाउँपालिकाले बगरखेेतीतर्फ किसानलाई प्रोत्साहन गर्न अनुदान दिने गरेको उनले बताइन् । लालपुर्जा भएका तथा ऐलानी जग्गा भएका किसान बगर खेतीमा सहभागी हुन सक्नेछन् । ऐलानी जग्गा भएकाको हकमा भने वडास्तरबाट प्रमाणित कागजातसहित पेश गरेकाे आवेदनका आधारमा अनुदानमा छनाेट गरिने कृषि संयोजक चौधरीले बताइन् ।

चालु आर्थिक वर्षमा बगर खेतीका लागि गाउँपालिकाले २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कार्यक्रममा सहभागि हुन फागुन ८ गतेभित्र इच्छुक कृषक, कृषि फर्म, कृषक समूह, सहकारी र व्यवसायीक कृषकले आवश्यक कागजातसहित आवदेन दिन सक्ने गाउँपालिकाले एक सूचना जारी गर्दै जनाएको छ ।