close

ग्रेडिङ गरी स्याउ बिक्रि गर्दै स्वामीकार्तिक खापर

ग्रेडिङ गरी स्याउ बिक्रि गर्दै स्वामीकार्तिक खापर

Trulli
फाइल तस्विर
ADVERTISEMENT

बाजुरा– स्वामीकार्तिक खापर गाउँपालिकाले स्याउलाई ग्रेडिङ गरेर बिक्रि गर्दै आएको छ । गाउँपालिकाले ए ग्रेड बी ग्रेड र सी ग्रेड गरी बिक्रि गर्दै आएको हो ।

पालिकाले ग्रेडिङका आधारमा स्याउलाई बिक्रि गर्दै आएको कृषि शाखाका कृषि अधिकृत विनोद शाहीले जानकारी दिए । स्थानीयस्तरमा उत्पादित ‘ए’ ग्रेड स्याउको प्रतिकिलो ४० रुपैयाले बिक्रि गर्दै आएको छ । 

त्यसैगरी ‘बी’ ग्रेड स्याउको प्रतिकिलो ३० देखि ३५ रुपैयाँले बिक्री  हुने गरेको छ । ‘सी’ ग्रेड स्याउको मूल्य बजारमा कम मात्रामा माग आउने गरेको अधिकृत शाहीले पालिकाखबरलाई जानकारी दिए । 

जिल्लाभरीमै स्वामीकार्तिक गाउँपालिकामा सबैभन्दा बढी स्याउ फल्ने ठाउँ भएको अधिकृत शाहीले बताए । गाउँपालिकाको वडा नं. १, वडा नं. ३ मा अत्याधिक स्याउ फल्ने गरेको अधिकृत शाहीको दावी छ । आंशिक रुपमा भने वडा नं. २, वडा नं. ४ र वडा नं. ५ मा फल्ने गरेको उनले बताए ।

सबैपालिकामा करिब ७०/८० हेक्टरमा किसानले स्याउ खेती गरेको उनले बताए । स्थानीय १८ सय किसानले स्याउ खेती गरेको उनको भनाइ छ । स्थानीयस्तरमा उत्पादित स्याउको बजारीकरण स्थानीय बजार, धनगढी, सुर्खेत, नेपालगञ्जलगायतका ठाउँमा हुने गरेको उनको भनाइ छ ।

चालु आर्थिक वर्षबाट पालिकाले आफ्नै नर्सरीबाट ८÷१० हजार तयारी गरेका छन् । नर्सरीबाट तयार भएका स्याउमा विरुवा १५ प्रतिशत अनुदानमा दिने योजना रहेको उनले बताए । यसका लागि पालिकाले ६२ लाख बजेट विनियोजनक गरेको छ ।