close

लेबलिङ र प्याकेजिङमा गाउँपालिकाको लगानी

लेबलिङ र प्याकेजिङमा गाउँपालिकाको लगानी

Trulli
ADVERTISEMENT

पाल्पा– तिनाउँ गाउँपालिकाले अदुवा र बेसारको उत्पादन तथा बजारीकरणमा किसानलाई सहयोग गर्ने भएको छ । पालिकामा अदुवा बेसारको उत्पादन बढाउन बढाउँदै बिक्री गर्न गाउँपालिकाले सहयोग उपलब्ध गराउन लागेको हो ।

गाउँपालिकाले गत बिहीबार एक सूचना जारी गर्दै अदुवा तथा बेसार उत्पादन तथा बजारीकरण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।कार्यक्रममा सहभागी हुन इच्छुक पालिकाका कृषि समूह तथा सहकारीलाई फागुन १० गतेसम्ममा आवेदन दिन अनुरोध समेत गरेको छ । 

कृषि समूह र सहकारीको आवेदन परेपछि गाउँपालिकाको अनुगमन समितिले अनुगमन गर्ने पालिकाका कृषि शाखा प्रमुख हेमन्त कुमार शर्माले बताए । अनुगमनबाट छनोट भएका राम्रोसँग प्याकेजिङ तथा बजारीकरण गर्ने क्षमता भएका दुईवटा कृषि सहकारी तथा समूहलाई अनुदान उपलब्ध गराउने उनले बताए । 

करिब तीन वर्षअघि सशर्त अनुदानबाट गाउँपालिकामा अदुवा तथा बेसारको पकेट उत्पादन कार्यक्रम सञ्चालन भएको थियो । सोही कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिकाले आफैँले बजेट विनियोजन गरेर अदुवा र बेसारको उत्पादन तथा बजारीकरणमा सहयोग उपलब्ध गराउन लागेको उनले बताए । 

अनुदानमा गाउँपालिकाको लेबलिङका लागि आवश्यक सामाग्री,  प्याकेजिङको सामाग्री, बिउबिजन तथा यन्त्र उपकरण उपलब्ध गराउने उनले बताए । सामाग्रीमा ५० प्रतिशत अनुदान वा एउटा संस्थालाई अधिकतम दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराउने उनको भनाइ छ । 

गाउँपालिकाले पालिकामा उत्पादिन कृषि उपजलाई बिक्री गर्न रुपन्देहीको बुटवल उपमहानगरपालिकासँग दुई वटा सटर भाडामा लिएको छ । सो सटर कृषि सञ्चालन समितिले सञ्चालन गर्दै आएका छन् । उत्पादन भएको अनुदान र बेसारलाई समेत त्यही सटरमार्फत बिक्री गर्ने उनले बताए । 

कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा ४ लाख रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए ।