close

आकस्मिक बाली उपचार गर्दै बाँफिकोट

आकस्मिक बाली उपचार गर्दै बाँफिकोट

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– बाँफिकोट गाउँपालिकाले ‘आकस्मिक बाली उपचार कार्यक्रम’ मार्फत बालीमा लागेको विभिन्न रोगको उपचार गर्दै आएको छ । 

गत आर्थिक वर्ष २०७९/८० बाट सुरु भएको कार्यक्रम प्रभावकारी भएपछि चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको कृषि प्रमुख लक्ष्मण चन्द ठकुरीले जानकारी दिए । किसानले लगाएको बालीमा रोग देखा परे पहिचान गरी औषधि वितरण गर्ने गरेको उनले सुनाए ।

गाउँपालिकाअन्तर्गत कृषि शाखामा ३८ वटा कृषक समूह दर्ता भएका छन् । बालीमा विभिन्न रोग देखा पर्छ कृषि शाखाबाट प्राविधिक पठाएर रोग पहिचान गरी विषादी वितरण गर्ने गरेको बताए ।

‘गाउँपालिकामा कृषकको बालीमा विभिन्न रोग देखापरेपछि  समस्या बारेमा जानकारी गराउनु हुन्छ । कृषि प्राविधिकले रोग पहिचान गरी औषधि उपचार गर्दै आएका छौं,’ उनले भने । यसका साथै कृषकलाई खेतबारी व्यवस्थापन, सिजनअनुसारका बीउविजन निःशुल्क वितरण गर्ने गरेको उनले बताए ।

‘आकस्मिक बाली उपचार कार्यक्रम’का लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा कृषिका लागि ५ लाख बजेट विनियोजन गरेको छ ।