close

रैथाले बाली जोगाउँदै मरिण

रैथाले बाली जोगाउँदै मरिण

Trulli
ADVERTISEMENT

सिन्धुली- मरिण गाउँपालिकाले रैथाने बालीको संरक्षण गर्ने भएको छ । स्थानीय बालीको संरक्षण तथा बजारीकरणका लागि ४ लाख रुपैयाँ गाउँपालिकाले विनियोजन गरेको हो । गाउँपालिकाको कृषि शाखाका अनुसार रैथाने बाली प्रवर्द्धनका लागि सो रकम विनियोजन गरिएको हो । 

गाउँपालिकाले स्थानीय बालीहरू मकै, फापर, सिलाम, सिमी र काँक्रोको प्रशोधन, यान्त्रीकरण तथा बजारीकरणका लागि दुई लाख रुपैया विनियोजन गरेको हो । त्यस्तै सोही बालीहरूको क्षेत्र विस्तार तथ प्रोत्साहनका लागि थप २ लाख विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीद्वारी जारी सूचनामा उल्लेख गरिएको छ । 

रैथाने बाली प्रबर्द्धन गर्न इच्छुकलाई १५ दिनभित्र आवेदन दिन गाउँपालिकाले आग्रह गरेको छ । इच्छुक कृषि समूह, कृषि सहकारी र कृषि फार्मले सो कार्यक्रमका लागि आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।