close

केराबारीका कृषकलाई प्लाष्टिकको मल्चिङ

केराबारीका कृषकलाई प्लाष्टिकको मल्चिङ

Trulli
ADVERTISEMENT

मोरङ - केराबारी गाउँपालिकाले अनुदानमा प्लाष्टिकको मल्चिङ वितरण गरेको छ । गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरी सो सामग्री वितरण गरेको हो । 

गाउँपालिकाले पालिका उपाध्यक्ष मनमाया मगरको अध्यक्षतामा सो सामग्री वितरण गरेको जनाइएको छ । गाउँपालिकाको उपाध्यक्ष मगरका अनुसार ९ कृषि समूह तथा कृषकलाई सो सामग्री वितरण गरेको हो । कृषिमा स्थानीय बासिन्दाको आकर्षण बढाउनुका साथै कृषकको सहजताको लागि गाउँपालिकाले सो सामग्री वितरण गरेको हो ।

गाउँपालिकाभित्र रहेको विभिन्न किसान, कृषि फर्म र कृषि सहकारी समूहका माग निवेदनको आधारमा मूल्याङ्कन गरी सो सामग्री वितरण गरेको हो । वितरण गरेको सामग्रीमा गाउँपालिकाले ७५ प्रतिशत र सम्बन्धित व्यक्तिले २५ प्रतिशत व्यहोरेको पालिकाले जनाएको छ ।