close

कृषि उत्पादनको लागि 'एक वडा एक उत्पादन'

कृषि उत्पादनको लागि 'एक वडा एक उत्पादन'

Trulli
ADVERTISEMENT

संखुवासभा - चिचिला गाउँपालिकाले 'एक वडा एक उत्पादन' कार्यक्रम सञ्चालन गर्न लागेको छ । सो कार्यक्रम सञ्चालन गर्नको लागि गाउँपालिकाले एक सूचना जारी गरी स्थानीय कृषि फार्मसँग आवेदन माग गरेको छ ।

गाउँपालिकाको कृषि शाखाका अधिकृत यासा लिम्बुका अनुसार कृषिमा आत्मनिर्भर हुनका लागि पालिकाले सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । सोका लागि गाउँपालिकाले चालु आवमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले पालिकाखबरलाई सुनाइन् । 

सो कार्यक्रममा सहभागी हुन चाहने स्थानीय बासिन्दाले चैत ८ गतेभित्र आवेदन दिन सक्ने उनको भनाइ छ । माग आवेदन दिएका स्थानीय बासिन्दाबाट छनौट गरी सो कार्यक्रममा सहभागी गराइने उनले बताइन् ।

स्थानीय बासिन्दाले सो कार्यक्रममार्फत सुन्तला, तरकारी, अलैँचीलगायत फलफूल लगाउन सक्ने उनको भनाइ छ । कार्यक्रममा सहभागी भएका व्यक्तिलाई गाउँपालिकाले ५० प्रतिशत अनुदानमा आवश्यक सहयोग गरिने उनले सुनाइन् । 

स्थानीय कृषकलाई सहजताका साथै कृषिमा आर्कषण बढाउनका लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । सो कार्यक्रमबाट कृषिजन्य सामग्री उत्पादन भइसकेपछि बजारीकरणको लागि पनि सहयोग गर्ने उनले बताइन् ।

हाल स्थानीय बजार तथा खाँदबारीमा उत्पादित कृषिजन्य सामग्री बिक्री हुने भएकोले सहयोग नगरेको उनको भनाइ छ । गाउँपालिकामा काउली, ब्राेकाउली, बन्दा, सागलगायतका विभिन्न तरकारी उत्पादन हुँदै आएकाे छ ।