close

बाँझो जमिनको सदुपयोग गर्दै महाशिला

बाँझो जमिनको सदुपयोग गर्दै महाशिला

Trulli
सांकेत्मक तस्बिर ।
ADVERTISEMENT

पर्वत– महाशिला गाउँपालिकाले बाँझो जमिनको सदुपयोग गर्ने भएको छ । बाँझो जमिनको सदुपयोगका लागि गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँग साझेदारी गरेको छ ।

प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिकाको ‘आय आर्जन र बसाई सराई निरुत्साहनका लागि बाँझो जमिनको सदुपयोग’ परियोजना परेर सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीले बताए । 

उनका अनुसार सो परियोजना सञ्चालनका लागि गाउँपालिकाको ४१ लाख रुपैयाँ र प्रदेश सरकारको ६५ लाख रुपैयाँ लागत साझेदारी भएको छ । 

परियोजनाअन्तर्गत बाँझो जमिनमा खाल्डो खन्ने, ओखर खेती गर्ने लगायतका कार्यक्रम सञ्चालन गरेर किसानलाई कृषिमार्फत आयआर्जनमा जोड्दै बसाईसराईलाई निरुत्साहन गर्ने प्रमुख प्रशासकीय अधिकृत पराजुलीले पालिकाखबरलाई बताए ।