close

रैथाले बाली जोगाउन भकारो सुधार : चालु आवमा २५ लाख विनियोजन

रैथाले बाली जोगाउन भकारो सुधार : चालु आवमा २५ लाख विनियोजन

Trulli
ADVERTISEMENT

कालिकोट– सान्नी त्रिवेणी गाउँपालिकाले रैथाने बाली प्रवद्र्धन गर्नका लागि भकारो तथा गोठ सुधारमा जोड दिएको छ । गाउँपालिकाका कृषि प्राविधिक नारायणप्रसाद लम्सालका अनुसार हालसम्म ८३ वटा सुधारिएको गोठ निर्माण गरिसकिएको छ । 

त्यस्तै निर्माणको लाइनमा १० वटा गोठ रहेको कृषि शाखाले जनाएको छ । ५० प्रतिशत अनुदानमा गाउँपालिकाले कृषक समूह, कृषि सहकारी, कृषि फर्ममार्फत गोठ निर्माण गरेको हो । 

सुधारिएको गोठबाट मलमुत्र संकलन गरी खेतबारीमा हाल्ने गरेको बताए । स्थानीयस्तरमा उत्पादन हुने रैथाने बाली मकै, कोदो, फापर, चिनो, कागुनो लगायतको उत्पादन वृद्धि गरी रैथाले बाली जोगाउने अभियानअन्तर्गत सो कार्यक्रम कार्यान्वयनमा रहेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकामा १२५ वटा समूह क्रियाशिल छन् । ती समूहमार्फत बर्सेनि गोठ निर्माण गरिँदै आएको कृषि शाखाका प्राविधिक लम्सालले जानकारी दिए । चालु आर्थिक वर्षका लागि यसका लागि गाउँपालिकाले ५ लाख र संघीय सशर्त अनुदान २० लाख रुपैयाँ विनियोजन गरेको छ ।